जीवनका साझा कथाहरू र एक्लोपनको छाटाे चिन्तन।
हिजो के भयो र आज के हुँदै छ ? यती कुरा ले मात्र भोली के हुन्छ भन्न सकिन्न। भोली के हुन्छ के हुन्छ, न मलाई थाहा छ न तिमीलाई।
म सँग कथाहरु छन्, तिमी सँग पनि छन्। माया, प्रेम्, घृणा, माेह, खुशी, बिछोड, रोदन, बिस्फोट, रोग, भोग, आनन्द, आदि आदि । अरे यस्ता कथा त सबै सँग छ त।
हामी सबैले समान भोग्ने कुरा भोग्छौ तैपनी किन म मात्रै भन्ने प्रश्न अफै सँग गर्छौ ?
"म, म, म, म"।
म थाकी सके म,म भन्दा भन्दा। तिम्रो, हजुरको, तपाईंको, हाम्रो किन भन्न नसकेको हुँला जस्तो लाग्छ कहिले काँही।
तिमी धेरै समय रहदैनौ, तिम्रा समवेदना रहँदैनन्। तिमी यहाँ बाँचेकाथ्यौ भन्ने पनि भुली सक्छन् ।
कसैले मलाई किन याद राख्न पर्यो ?
यो बेला मलाई कसै बाट केहि आश छैन। मलाई अफै बाट केहि आश छैन।
बुवा ले जे गर्नु भयो त्यो भन्दा केहि थप गर्न सकुँला भन्ने पनि छैन।
एउटा काम समात्नु छ र त्यो काम पुरा नभए सम्म गरिरहनु छ। आफ्नो मरण सम्म। मलाई अरु के चहियो। बर्ष को एक चोटी ध्यान गर्न जानु छ तेइ त हो। साथी सँग लामो मिठो नाता होस। अरु मलाई केहि चहिँदैन।
जिवन जहिलै परिवर्तन को मोड पर्खिरहेको हुन्छ। आफ्नो गाडी को डिरेक्सन आफै तय गर, भाग्य ले जे दिन्छ त्यो आफ्नो ठाउँ म छ। तर यदी गलत बाटो मा छौ भने बाटो त मोड स्टीरिङ्ग त घुमाँउ एक चोटी। अनि त्यै बाटो म चली राख।