हिउँ जस्तो सफा चम्किलो,
पूर्णिमामा जुन नहोला यस्तो,
मुहार तपाईँको जस्तो,
हास्दा मस्किँदा उज्यालो,
रुँदा पनि उज्यालो,
मुहार तपाईँको कस्तो।
हिरा, हिउँ पनि तपाईँ,
जुनको ज्योति तपाईँ,
ताराको चमक तपाईँ,
इच्छा आकांक्षा तपाईँ,
आकाश तपाईँ,
धर्तिको क्रस्ट तपाईँ,
सबै तत्व तपाईँ,
सबै जादुगरी तपाईँ।