हजार साल बाँचेको छु,
हजार साल मरेको छु,
तर पनि हरेक बिहानी
आफु रहिरहने भ्रम पालेको छु।
कति आए मुर्खहरु
कति आए महात्मा हरु
हराएका छन् समयमा
छाडेका छन् कथाहरू।
दुःख सुख भोग्न पर्छ
कर्म पनि गर्न पर्छ
समयको निगाहमा
कैले छिट्टै मर्न पर्छ
म मरेर के भो
अरु मरेर के भो
मरेका छन् धेरै सधैं
अस्तित्व सक्केर के भो
अैले पौरख गर्नेहरु
अैले खुसि हुनेहरु
युगका प्यारो होलान्
सबै समयमा जल्ने हरु ।
फरक मात्र खुसिले पर्छ
जिवनभर आन्नद झरि पर्छ
आफै खोज्न जान्नुपर्ने
परिवार साथीको साथ साँच्नु पर्छ।
फरक मात्र खुसिले पर्छ।
सबै समयमा जल्ने हरु।