तोडफोड पछि → निर्माण खै कसरी?

 अन्याय सह्यौं,

दुःख भोग्यौं,

प्रतिकार गर्यौं—

तर खुशी कहाँ हरायो?


हिजो तिमी भन्थ्यौ, देश बदलिन्छ भनेर,

आज त उस्तै छ सब—

तिम्रो कर्म कहाँ हरायो त?


के जानेका थियौ तिमीले?

तोडफोड मात्रै।

बनाउने कुरा आयो भने—

अहँ, मौन।


मलाई थाहा छ,

केही समयपछि तिमी फेरि

दुःख बिलौना गर्दै बस्नेछौ।


हामी सबैभन्दा मूर्ख जात,

भष्मासुरका सन्तानजस्ता।


















Post a Comment

Previous Post Next Post