आत्मालोचना भदौ को २४ गतेको नेपाल हेर्दा



 तिमीले आफ्ना द्वेषमिश्रित भावनालाई न्याय दिन खोज्यौ। तर के त्यसले नजिकैका मानिसको हित गर्‍यो?

बनाउन दशक लाग्छ, बिगार्न चाहिँ क्षणमै सकिन्छ।

संयमता र सद्गुण त मागेपछि झरेर आउने चीज होइनन्।

अघिल्लो पुस्तामा पनि यस्तै थियो—तिम्रा साथी मरे, माओवादी पनि, एमाले पनि, स्वतन्त्र युवाहरू पनि।

तर त्यसपछि के बदलियो?

भोलिपल्ट बिहान उस्तै रह्यो—हाम्रा अनुहार उस्तै, भोगाइ उस्तै, कथा उस्तै।

तिमीले मन पराएको मान्छे पनि उस्तै।

अनि, फेरि आफैंलाई सोध—बदलियो के?

हामी हजारौं वर्षदेखि यिनै पहाडमा बसिरहेका छौं।

कति विद्रोह एउटै नाममा दोहोरिए होलान्?

पुर्खाहरू नालापानीमा जसरी लडे, त्यही जोश लिएर तिमी पनि लड्यौ।

तर बलभद्र बितिसके, अमरसिंह बितिसके, तिम्रा बुवा–हजुरबुवा पनि बितिसक्नुभयो।

तर तिमीले उत्सृङखल्ता देखायौ र बित्यौ।

हामीलाई चाहिएको के थियो? गास, बास, कपास—र आफ्ना इच्छा पूरा गर्ने थोरै अवसर।

न्याय माग्न सकिन्थ्यो। तर तिमीले बरु अदालत जलायौ।

किन?

किन संसद र सिंहदरबार जलायौ?

केपी ओलीलाई मार्न खोज्दा कतै आफैं नै सिद्धियौ कि?

Post a Comment

Previous Post Next Post