आज बदलावको हावा चल्यो

 आज बदलावको हावा चल्यो

आज परिवर्तनको खहरे बग्यो
कसका लागि, किन हुँदैछ?
कसको अनुरोधमा बुनिँदैछ?
खाका र मार्ग,
स्वप्नमा भुलेका यथार्थ—
आफ्नो लागि,
आफ्नै चिहानको लागि।

आफ्नो मुहारमा लागेका दाग मेट्न,
आफ्ना गुरुकै वचनमा बाटो भेट्न,
मरण क्षणको शान्तिको लागि,
र जीवन जिउनुको अर्थको लागि।
आज बदलावको हावा चल्यो,
आज परिवर्तनको खहरे बग्यो।

भोगको कुन सीमासम्म पुग्नु छ?
बरु होसको तालमा चुर्लुम्म डुब्नु छ।
बाहिरी आशाको भुमरीमा होइन,
अन्तरात्माको उत्साहमा सरिक भई।
भुलेका, गुमेका फलहरू फेरि टिप्नु छ,
सुकेका बिरुवाहरू फेरि रोप्नु, सिँगार्नु छ।

आज बदलावको हावा चल्यो...

Post a Comment

Previous Post Next Post