मसानमा मुर्कट्टा किचकन्या चिच्याए पनि
उनीतिर नहेर, उनीहरूको आवाज नसुन।
आकाशबाट आगो झरुन् वा पछाडिबाट खुकुरी तेर्स्याउन,
दिनको प्रतीक्षा गर, पुरै रात लड।
जब बिहान आउँछ, आफ्नो बाटो नछोड।
सोच्न देऊ, मान्छे बनमान्छेका कुरा।
केही नभनी अघि बढ।
मसानमा बस्नु बाध्यता छ,
तर मन्दिर पनि त्यहीँ छ।
उठ, उक्ल, भाग, रोइ, कराई, बिलौना गर—
अघोरी सुन्न सक्छन्, बचाउन आउन सक्छन्।
मूल पुजारी बोलाऊ, शैव स्थलका देवीदेवता बोलाऊ।
ती दुई मुर्कट्टा किचकन्या मात्रै होइनन्,
तिम्रो पक्षमा धेरै छन्।
किन डराउँछौ?
सबै भए राम्रो, नभए पनि तिमी लड्न सक्छौ।
तिमीलाई कसले रोकेको छ?