शब्दहरूले आँसु झिक्ने शक्ति देखाए, आँखा भरिए पनि, आँसु बाहिर आएनन्

 


कहिल्यै नसोचेको दिन आयो—शब्दहरूले आँसु झिक्ने शक्ति देखाए। आँखा भरिए पनि, आँसु बाहिर आएनन्। कसैले मेरो कारणले यति ठूलो द्वेष बोकेको छ भन्ने कल्पना पनि थिएन। जब उनले बोलिन्, मेरो आत्मा काँप्यो।


उनका वचनहरू कठोर थिए—“तिमी जीवनभर अपराधबोध बोकेर बाँच, म तिमीलाई कहिल्यै माफ गर्दिन।” त्यो क्षणमा लाग्यो, म कुनै पुरानो कथाको पात्र हुँ, जसले अरूको जीवनमा घाउ मात्र दिएको छ।  


साँचो स्वीकार्छु—मैले उनलाई मानसिक रूपमा दुख दिएको थिएँ। सुरु देखिनै मेरो उद्देश्य गलत थियो। उनको मन मस्तिष्कसँग खेलें, उनको जीवन बुझिनँ। जे मन लाग्यो त्यही भने।


पछि माया पनि लाग्यो, तर त्यो बेला मौनता नै उनको लागि प्रेमको संकेत हुन जान्थ्यो। अन्ततः उनले साहस पाएर आफ्नो पीडा बोलिन्। कसरी पाए मलाई थाहा छैन र जान्नु को अर्थ पनि छैन।


उनले भनेझैं, मेरो सोच्न सक्ने क्षमता नै छैन। जे भयो, भयो। अब बोल्नु भनेको पुरानो घाउ फेरि खोल्नु हो। त्यसैले म अब आफ्नै लागि सुध्रिन्छु।  


म बुझ्छु—यदि मैले शान्त भएर आफ्नो काम मात्र गरेको भए, समस्या हुने थिएन। चेतावनी पाएको भए, म रोकिन्थेँ होला। तर अब पछाडि फर्कन सक्दिनँ। अब मजाकको नाममा कसैलाई दुख दिने छैन।


उनी सुशील, नम्र, र सौंदर्यको प्रतिमूर्ति हुन्। मेरो भाग्य राम्रो भएको भए हामी साथी हुन सक्थ्यौं। अब म के गर्छु, त्यो नै महत्त्वपूर्ण छ। शायद कुनै दिन भगवानले मलाई उनको गुणको फल दिने अवसर दिनुहुन्छ।

Post a Comment

Previous Post Next Post